Web Analytics Made Easy - StatCounter
शुक्रबार, २३ जेठ २०७७
जहाँ समस्या, समधान त्यही खोजौं, अन्यथा हुनेछ 'टाउको दुखेको औषधि नाइटोमा दले बराबर'
मङ्गलबार, १० मङि्सर २०७६

लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान आज देखि आरम्भ हुँदैछ । १६ दिने अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति-ब्यक्तित्वहरूले मनाउने छन् । यस अवसरमा मलाई पनि आफ्ना केही विचारहरू पाठकहरूसमक्ष पस्कन मन लाग्यो ।

यस अभियानबाट पितृसत्तावादी र महिलावादी सोंचमा के परिवर्तन आउँछ रु अभियानले के सन्देश दिन्छ रु उत्साहपूर्वक अभियानमा सहभागी पुरूष मित्रहरूले महिलाहरूमाथि गर्दै आएको ब्यबहारमा के परिबर्तन गर्नुहुन्छ ? दिनभरि समानता र अधिकारको चर्को भाषण गर्ने अनि स्टेसबाट बाहिरनसाथ नक्कली वा छाडाको बात लगाउन पनि पछि पर्नु हुन्न ? र, अभियानमा सहभागी महिलाहरूले पनि के परिवर्तन गर्नुहुन्छ ? श्रिमानलाई प्रताडित बनाउँदै गर कि मरको स्थितिमा पुर्याउनु हुन्न ?

मलाई लाग्छ, अभियान चलाउनु र दिवस मनाउनु मात्र ठूलो कुरा होइन । त्यस्ता अभियान र दिवसले दिने सन्देश अनि दैनिक जीवनमा गरिने ब्यबहार चाहिँ मुख्य कुरा हो ।

यस अभियानमा लैंगिक हिंसाबारे शहरकेन्द्रित केही बहस अवश्य आरम्भ भएको छ । तर जहाँ बहस हुनु पर्ने हो र ब्यवहारमै परिबर्तन ल्याउनु पर्ने हो त्यहाँ खास केही हुन सकेको छैन । लैंगिक हिंसाको मापन गर्ने हो भने शहरमा भन्दा ग्रामीण इलाकामा साथै शिक्षित,सम्पन्न परिवारमाभन्दा अशिक्षित, बिपन्न परिवार र खासगरी दलित समुदायमा बढी हुने गरेको छ ।

अधिकांश महिला अधिकारकर्मी अभियन्ताहरू शहरका तारे होटलहरूमा गोष्टी, सेमिनार गरेर समय बिताइरहेका छन् । मेरो अनुरोध छ-जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त्यहीँ गएर खोजौं । अन्यथा, परिणाम टाउको दुखेको औषधि नाइटोमा दले बराबर हुनेछ ।

हामी २१ औं शदीको दोश्रो दशकमा छौं । विज्ञान प्रविधि र सूचना सन्चारमा आएको अभूतपूर्व परिवर्तनले मान्छेको चेतना, सोंच र बानिब्यहोरामा समेत ठूलो परिवर्तन ल्याइरहेको छ । हिंसाको स्वरूप र परिभाषामा पनि परिवर्तन आएको छ ।विगतमा संस्कारका नाममा कतिपय विभेदकारी चलनमाथि गौरव गरिन्थ्यो, आज ती चलनलाई हिंसाको रूपमा परिभाषित गरिएको छ ।

यसको अर्थ विगतका सबै संस्कारहरू खराब थिए भन्ने पक्कै होइन । समाजमा आएको परिवर्तन सँगसँगै कतिपय संस्कार समस्याको रूपमा देखिन थाल्छ, त्यस्ता संस्कारलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्दछ ।तर, आफ्ना अग्रज अभिभावकहरूलाई आदर गर्नु, सेवा र सम्मान गर्नु सबैको कर्तब्य हो ।

आदरपूर्वक छोराले आमाबाबुको, बुहारीले सासूको गोडा ढोग्नु हाम्रो नेपाली सभ्यताको परिचय हो ।अर्थात् आफ्ना अग्रज अभिभावकहरूप्रति आदर र सम्मान ब्यक्त गर्नु मानव सभ्यताकै परिचय हो। सम्मान ब्यक्त गर्ने शैली आ-आफ्नो संस्कार अनुसार अलग अलग हुन्छन् । मान्छे चेतनशील सामाजिक प्राणी हुनाको नाताले अग्रजलाई आदर र सानालाई प्यार गर्नु उसको कर्तब्य हो ।

समान लिंगमा हुने हिंसाको एउटा मुख्य कारण पुस्तान्तरणले ल्याएको समस्या हो । आमा(छोरी र सासू/बुहारीको बीचमा घरघरमा समस्या बढिरहेको छ । सासूको खुट्टा किन ढोग्ने, बुहारी भनेकी नोकर्नी हो, छोरीलाई जस्तो माया किन गर्ने रु जस्ता सोच कतिपय सासू/बुहारीमा देखिन्छ । यो खासमा पुरातन सोच राख्ने सासू र आधुनिक सोच राख्ने बुहारीबीचको अन्तरबिरोध हो ।

सासूले बुहारीलाई छोरीको माया दिने र बुहारीले सासूलाई आमाको सम्मान गर्ने गर्नुपर्दछ । आधुनिकताका नाममा सासूलाई केही नबुझेकी गँवार ठान्ने र हेप्ने प्रवृत्ति बुहारीहरूले त्याग्नु पर्छ ।

हाम्रो समाजका कतिपय संस्कार, परम्परा रूढिवादी मात्र होइन, लैंगिक रूपमा असाध्यै विभेदकारी पनि छ । रजस्वला भएकी नारीलाई छुन हुन्न, अपवित्र हुन्छे भनेर पशुवत ब्यवहार गर्ने, जस्ता कुसंस्कार अझै पनि हाम्रो समाजमा छँदैछ ।

संस्कार, परम्परा, धर्म, रीतिरिवाजको नाममा यस्ता रूढिवादी र विभेदकारी चलनलाई मान्नु हुन्न । संविधानमा लेखिने शब्दमा मात्रै समान भनेर पुग्दैन, ब्यबहारमै विभेद अन्त्य गरिने कुरा लेख्नु पर्छ र विभेद अन्त्य हुनु पनि पर्छ । शब्द र कर्मको साम्यता आजको सबभन्दा ठूलो समस्या हो ।

समानताका नाममा असंभव कुरा माग गर्ने विकृत मानसिकता पनि हामी केही आधुनिक नारीहरूमा मौलाउँदै गइरहेको छ । यी दुबै विकृत मानसिकताबाट नारी(पुरूष मुक्त हुनु पर्दछ । कृपया ढोंग र आडम्बर त्याग्नुहोस् । नारी स्वतन्त्रताको वकालत गरेजस्तो गरेर नारीकै हुर्मत नलिनुस् । कृपया दुराभाव राखेर होइन, सद्धभाव राखेर सिंगै नारी जातिको सम्मान गर्नुस् ।हिंसा, आखिर हिंसा नै हो । चाहे महिलाबिरूद्ध गरिने हिंसा होस् वा पुरूषबिरूद्ध । हिंसाले ब्यक्ति, घरपरिवार, समाज र देशलाई नै बिगार्छ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved