Like us!
Follow us!
Connect us!
Watch us!

इयुहोफा सम्मेलन आजबाट, पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुहुने

मिलन खड्का

बुधबार, ११ मंसिर २०७६, १० : २१ मा प्रकाशित

इयुहोफा सम्मेलन आजबाट, पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुहुने

अर्थ संसार, काठमाडौं-होटल स्कुल एसोसिएसन (इयुहोफा/EUHOFA) को ५८औँ अन्तर्राष्ट्रिय कङ्ग्रेस यसपटक नोभेम्बर २७ देखि डिसेम्बर १, २०१९ सम्म काठमाडौँमा आयोजना हुन गइरहेको छ ।

सन् २०१८ मा स्विट्जरल्याण्डमा भएको यस कार्यक्रम अर्को वर्ष डेनमार्कमा आयोजना हुँदैछ। र नेपालले गर्न लागेको यस आतिथ्यता एसियामै पहिलोपटक हुन लागेको हो। २७ नोभेम्बरमा यस विशेष भेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्दै छन्। 

पर्यटकीय मुलुक भइकन पनि नेपालमा पर्यटन तथा आतिथ्य सत्कारको औपचारिक अध्ययन सुरु भएको भएको केही दशक मात्र भएको छ। तर इयुहोफाको एउटा सदस्य इएचएल भनिने विश्वकै पहिलो आतिथ्य व्यवस्थापनको अध्ययन हुने विद्यालय सन् १८९३ मै स्विट्जरल्याण्डको लोजान शहरमा स्थापना भएको थियो। यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन्। 

काठमाडौँमा हुने ५८औँ कङ्ग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र आतिथ्यतासम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित बरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी हुँदैछन्। 

युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका 12 कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन। । २०१७ इटली मा पहिलोपटक नेपालबाट खेम लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको माहोल बनेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको