Like us!
Follow us!
Connect us!
Watch us!

‘हाँसेको मायालु’बोलको गीतको भिडियो सार्वजनिक

मिलन खड्का

बुधबार, ११ मंसिर २०७६, १० : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– ‘हाँसेको मायालु’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।  

गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डरको आवाजमा लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरिएको हो।  

कुमार परियार ‘धादिङे’को शब्द रहेको गीतमा आयुष परियारको संगीत छ। गीतका एरेञ्जर भने बिनोद बाजुराली हुन्। सार्वजनिक गीतको भिडियोमा मोडल लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङको अभिनय रहेको छ।

गीतको भिडियोलाई शिव वि.क.ले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। शम्भु चालिसेको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी विकास धमलाले निर्वाह गरेका छन्। भिडियो एसएफ आर ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा सार्वजनिक छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको