Like us!
Follow us!
Connect us!
Watch us!

एड्स अझै प्राणघातक : विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

मिलन खड्का

बुधबार, ११ मंसिर २०७६, १४ : २७ मा प्रकाशित

एड्स अझै  प्राणघातक :  विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

अर्थ संसार, संयुक्त राष्ट्रसंघ- एड्स विश्वभर अझै प्राणघातक रोगको रुपमा देखिएको छ।   

प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीहरुको मृत्यु भएको पाइएको छ । 

युनिसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्क अनुसार हरेक घण्टा १३ जनाकाे मृत्यु हुने गरेको हो ।

पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरुको मृत्यु भएको जनाइएको छ ।

सन् २०१८ मा  १४ बर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआइभी सहित बाँचेका छन् । उनीहरुले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । 

विरामीलाई औषधी उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ । दक्षिण एसियामा ९१ प्रतिशत विरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत विरामीको पहुँच देखिएको छ । 

त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत विरामीलाई मात्रै औषधी उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ । 

सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ विरामी थपिएका छन् ।   

विश्वभरी अहिले यही उमेर समूहका एचआईभी संक्रमित बालबालिकाको संख्या ११ लाख रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख गरिएको छ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको