Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत महसुल घटाउने तयारी गर्दै कुलमान ! (भिडियोसहित)

dibesh

बुधबार, ११ मंसिर २०७६, १८ : ४१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल घटाउने गृहकार्य गरेको छ । सरकारी तथा नीजि क्षेत्रले निर्माण गरेको विद्युत आयोजनाहरु धमाधम निर्माण सम्पन्न हुने संख्या बढेसँगै प्राधिकरणले विद्युत महसुल घटाउने तयारी गरेको हो ।

अबका दिनमा विद्युतीय उपकरण प्रयोग बढी गर्दै लैजानु पर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले बताए । अहिले विद्युत बढी खपत गर्नेलाई मूल्य बढी भएकाले पहिलो चरणमा उनीहरुलाई मूल्य घटाउने तयारी अन्तिम चरणमा पुगेको बताए ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेडको २३ वार्षिक साधारणसभामा बोल्दै घिसिङ्गले जलविद्युत क्षेत्रमा भएका कमिकमजोरीलाई नीतिगतरुपमा सुधार गर्न आवश्यक रेहेको बताए । घिसिङ्गले आगामी वर्षपनि चिलिमे जलविद्युत कम्पनीले शेयरधनीलाई कम्तीमा २५ प्रतिशत नै वा त्यो भन्दा धेरै लाभांश दिने प्रतिवद्धता समेतव्यक्त गरे ।

हेरौं, भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको