शनिबार, २८ मङि्सर २०७६
सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक
बिहिबार, १२ मङि्सर २०७६

अर्थ संसार, काठमाडौं- सिद्धार्थ बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ  । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ  ९ .२५ % प्रतिशत र संस्थागततर्फ  ८.५० प्रतिशत ब्याज दिने भएको छ।  

सिद्धार्थ बैंकको बचतमा अधिकतम ६.५  प्रतिशत र न्यूनतम ५.५ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल ८ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

साथै सिद्धार्थ बैंकले आधारदर सार्वजनिक गरेको छ । बैंकको आधारदर १०.०२ प्रतिशत छ । यो सूचना अनुसार यो दरहरु मङ्सिर १२ गते बाट लागु हुनेछ।   

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved