Like us!
Follow us!
Connect us!
Watch us!

साधना लद्युवित्तले आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार

विहीबार, १२ मंसिर २०७६, १६ : १५ मा प्रकाशित

साधना लद्युवित्तले आइपिओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार,काठमाडौं– साधना लद्युवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १ सयको दरले ६ लाख ३० हजार कित्ता अर्थात ६ करोड ३० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निश्कासन गर्न लागेको हो ।

आइपिओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।जसको लागि बिहिवार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर  गरेका छन् ।

गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि. ले तनहुँ जिल्लाको डुम्रेमारहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाईहालै मात्र प्राप्ती (एक्विजिसन) गरेर घ वर्गको लघुवित्त संस्थाहरुमा मर्जर/एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ज भएको छ भने एक्विजिसन पश्चात् हालै मात्र साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्र समेत प्रदान गरेको छ ।

हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात्जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको