Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हस्तकला महासंघको आयोजनामा ‘जुत्ता चप्पल व्यापार मेला’ ७० प्रतिशतसम्म छुट

अर्थ संसार

विहीबार, १२ मंसिर २०७६, १९ : ३१ मा प्रकाशित

नेपाल हस्तकला महासंघको आयोजनामा ‘जुत्ता चप्पल व्यापार मेला’ ७० प्रतिशतसम्म छुट

अर्थ संसार, काठमाडौं-नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपस्थित ठूलो चौरमा  ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ शुरु  भएको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल उपलब्ध छन् ।

मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा ५ सय रुपैयाँको जाडोमा लगाउने २ जोडी जुत्ताचप्पल र ५ सय रुपैयाँदेखि पेन्सी जुत्ता उपलब्ध छन् ।

जाडोमा जुत्ताचप्पल किन्ने उपभोक्तालाई लक्षित गरी मेला आयोजना गरिएको बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो । मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुजसमेत उपलब्ध हुने उहाँले जानकारी दिए  ।

मेलामा नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अबसर उपलभोक्ताले पाएका छन् । मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

मेलामा महिलापुरुष दुवैका लागि सिजनल बुटहरु आकर्षण हुने छन् । जुत्ता उत्पादक कम्पनीले हिउँदंलाई लक्षित गरेर उत्पादन गरेका नयाँ मोडलका जुत्ताचप्पल समेत उपलब्ध छन् ।

मेलामा जाडोको सिजनलाई लक्षित गरेर जुत्ताचप्पल राखिएको शिखर सुजका  अध्यक्ष  प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए ।  ‘उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अबसर हो,’ प्रसाइले भने । सस्तो, बलियो र आकर्षक डिजाइनका चर्चित ब्राण्डका जुत्ताचप्पल किन्ने अवसर केही दिनमात्र बाँकी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको