Like us!
Follow us!
Connect us!
Watch us!

खस्कियो भारतको आर्थिक वृद्धिदर, कारण यस्तो ?

मिलन खड्का

शनिबार, १४ मंसिर २०७६, ०९ : ४१ मा प्रकाशित

खस्कियो भारतको आर्थिक वृद्धिदर, कारण यस्तो ?

अर्थ संसार,मुम्बई, भारत-पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर छ बर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेपछि भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय बनेको छ । अघिल्लो बर्षको सोही समयमा भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा अघिल्लो त्रैमासिकमा पाँच प्रतिशत कायम रहेको आर्थिक वृद्धिदरमा ०.५ प्रतिशतको कमी आएको हो ।

भारतका लागि आवश्यक आर्थिक वृद्धिदरको तुलनमा यो निकै तल भएको र यसका कारण भारतीय श्रम बजारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि लाखौँका लागि रोजगारी वृद्धि गर्नुपर्ने बाध्यतालाई सम्बोधन गर्नमा समस्या हुने अधिकारीहरूले बताएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको