Like us!
Follow us!
Connect us!
Watch us!

एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएकोमा पनि अनविज्ञ

मिलन खड्का

आइतबार, १५ मंसिर २०७६, १२ : ०६ मा प्रकाशित

एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएकोमा पनि अनविज्ञ

अर्थ संसार,रियो दी जेनेरियो-ब्राजिलको स्वास्थ्य मन्त्रालयले  दिएको जानकारी अनुसार झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ ।

एचआईभी एड्ससम्वन्धी जनचेतनामुलक चलाउने क्रममा यस्तो तथ्य फेला परेको हो ।
 
मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामुलक विषेश अभियान सुरु गर्न लागेको छ ।

देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ ।

एचआईभी पोजेटिभ भएकाहरुलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ । उनीहरुले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।  

“प्रारम्भिक चरणमै उपचार तथा निदानको प्रक्रिया सुरु गर्नु निकै महत्वपूर्ण हुन्छ,” एक चिकित्सकले भने । 

ब्राजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरुको संख्यामा १३.६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२.८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन् । 

मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको