सनराइज बैंकको नयाँ व्याजदर सार्वजनिक, बचत र कर्जामा कति प्रतिशत व्याज ? (सूचनासहित)
आइतबार, १५ मङि्सर २०७६

अर्थ संसार, काठमाडा– सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ ।बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने भएको छ।
बैंकको बचतमा अधिकतम ६ प्रतिशत र न्यूनतम ४ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १३ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ ।
साथै सनराइ बैंकले आधारदर सार्वजनिक गरेको छ । बैंकको आधारदर ९.९७ प्रतिशत छ भने इस्प्रेड दर भने ४.५० रहेको छ । यो सूचना अनुसार यो दरहरु मङ्सिर १५ गते बाट लागु हुनेछ।
