Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ग्राहक सेवा केन्द्रको सुभारम्भ

अर्थ संसार

सोमबार, १६ मंसिर २०७६, ११ : ०९ मा प्रकाशित

नबिल ग्राहक सेवा केन्द्रको सुभारम्भ

अर्थ संसार, काठमाडौं– आफ्ना ग्राहक महानुभावहरुलाई अझै  उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ संचालनमा  ल्याएको छ ।

नबिल ग्राहक सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन (२४×७) सेवा प्रदान गर्नेछ ।  नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दु (Single touch point) को रुपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्तले सुसज्जित हुनेछ र यसले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्नेछ ।  

ग्राहक सेवा केन्द्रले आगमन र निगमन कलहरू दुबै सम्हाल्नेछ र यसले देश तथा बिदेश  मा रहनुभएकोका ग्राहकबर्गहरूलालाई सुचना आदानदन प्रदान गर्ने कार्य गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले “बैंकको यस ग्राहक सेवा केन्द्र ले हाम्रा ग्राहकलाई अझै  उत्कृष्ट सेवा प्रदान गर्न मद्त गर्ने,छ ।

ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको customer service delivery लाई थप सुधार गर्ने,र्नुका साथै र customer experience  लाई अझ परिस्कृत सुद्रीढ बनाउनका लागि बल प्रदान गर्ने” कुरा बताउनु भयो ।  

नबिल बैंक निजि क्षेत्रको अग्रणी  बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेकाछन । नबिल बैंकले नेपाली  बैंकिङ क्षेत्रमा  नबिनतम्  सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ र यसले ग्राहकको सन्तुष्टीि सहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नुका साथै आफ्नो ब्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको