Like us!
Follow us!
Connect us!
Watch us!

कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना

अर्थ संसार

सोमबार, १६ मंसिर २०७६, १६ : ५९ मा प्रकाशित

कार्यान्वयनमा गएनन् राष्ट्रिय गौरवका दुई आयोजना

अर्थ संसार, काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ । आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरुको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ ।

कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ । आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले राससलाई जानकारी दिनुभयो ।

नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सहकार्यमा गत आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा विद्युत् प्रसारण आयोजना समावेश गरिएको हो । यसका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता दुई वर्षअघि भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको