Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकर रुपाकोट रिर्सोटबीच सम्झौता

अर्थ संसार

सोमबार, १६ मंसिर २०७६, १७ : ४७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकर रुपाकोट रिर्सोटबीच सम्झौता

अर्थ संसार, काठमाडौं–ग्लोबल आइएमई बैंक लि. र रुपाकोट रिर्सोट प्रा.लि.बीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोट प्रा.लि.कासेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पश्चातरुपा कोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), , क्रेडिट (Credit) तथा प्रिभिलेज (Privilege) कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१एटिएम, १९५ शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्पmतआफ्ना ११ लाख भन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको