Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इन्स्योरेन्स र एसआरएल डायग्नोस्टिक्स नेपालबीच सम्झौता, ग्राहकलाई यस्तो सेवा

अर्थ संसार

मंगलबार, १७ मंसिर २०७६, १८ : १९ मा प्रकाशित

युनाईटेड इन्स्योरेन्स  र एसआरएल डायग्नोस्टिक्स नेपालबीच  सम्झौता, ग्राहकलाई यस्तो सेवा

अर्थ संसार, काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल)  लिमिटेड र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रालिकाबीच  आईतवार सेवा सुविधामा छुट दिने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लिका आधिकारिक प्रतिनिधि  रविन्द्र रत्नतुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा दुबै संस्थाकातर्फबाट सम्झौता बमोजिम एसआरएल डायग्नोस्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड ईन्स्योरेन्स कम्पनीका ग्रहाकहरु तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरु समेतका लागि १५ प्रतिशत छुट दिने हुदाँ सहज र सरल प्रकृयाबाट सेवा उपभोग गर्न सकिने विचार व्यक्त गर्नु भयो ।

उक्त समारोहमा एसआरएल डायग्नोस्टिक्स नेपालप्रा.लिका असिष्टेन्ट रिलेशनसीप म्यानेजर रत्नामहत तथा युनाईटेड ईन्स्योरेन्स कम्पनी नेपाल लि.का तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, वरिष्ठ प्रबन्धक विवेक कुमार पाठक लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

5de6572c20cb9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको