Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले बोनस दिने घोषणा

मिलन खड्का

विहीबार, १९ मंसिर २०७६, ११ : ५४ मा प्रकाशित

ज्योति विकास बैंकले बोनस दिने घोषणा

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंकले बोनस दिने घोषणा गरेको छ।  

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्ष २०७५/७६ को नाफाबाट १२.७५% बोनस सेयर दिने निर्णय गरेको हो ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि उक्त बोनसलाई  बैंकले वितरण गर्ने छ । 

ज्योति विकास बैंकले  ३९ करोड ५२ लाख ५४ हजार ८४५ रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने लागेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ र बोनस  पश्चात पुँजी ३ अर्ब ४९ करोड ५२ लाख ९२ हजार पुग्नेछ ।
गत वर्ष बैंकले  ८.४% नगद लाभांश वितरण गरेको थियो । । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको