Like us!
Follow us!
Connect us!
Watch us!

आई.एम.ई.लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

मिलन खड्का

विहीबार, १९ मंसिर २०७६, १४ : २० मा प्रकाशित

आई.एम.ई.लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

अर्थ संसार, काठमाडौं– आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

मंग्सिर १८ गते  बुधबार कम्पनीका सञ्चालक समितिकाअध्यक्ष डा.रामहरि अर्यालज्यको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरी हिल्स लिमिटेडमा सभा सम्पन्न भएको थियो  ।

सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४/०७५ को वासलात, नाफा—नोक्सानहिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण स्वीकृत गर्ने ,कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने कार्य गरेको छ ।

सभामा बोल्दै सभाका सभापति डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्षजनशक्तिको अभाव र बीमाव्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यूनआय स्रोत भएका जनमानसमा समेत पु-याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नु भयो ।

 सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथाअन्यकर्मचारीहरुको पनिउपस्थिति रहेको थियो । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको