Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले आफ्नै भवन बनाउने, गर्यो भवनको शिलान्यास भूमीपूजन

अर्थ संसार

शुक्रबार, २० मंसिर २०७६, १७ : २६ मा प्रकाशित

कुमारी बैंकले आफ्नै भवन बनाउने,  गर्यो भवनको  शिलान्यास भूमीपूजन

अर्थ संसार, काठमाडौं- कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमी पूजन गरेको छ ।

उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष  अमिर प्रताप ज. ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न गर्नुभयो । पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो ।

हेर्नै पर्ने सागको उद्घाटन समारोह भिडियो

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको