Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमईको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्री

अर्थ संसार

सोमबार, २३ मंसिर २०७६, ०८ : ३६ मा प्रकाशित

ग्लोबल आईएमईको प्रमुख कार्यकारी अधिकृतमा क्षेत्री

अर्थ संसार, काठमाडौं - ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुक्रवारदेखि परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।

तीन दशक अगाडिदेखि बैंकिङ क्षेत्रमा सक्रिय क्षेत्री २०७४ असारदेखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए ।

ग्लोबल आईएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकीकृत कारोबार शुरू भएसँगै उनको पद बहाली भएको हो । मर्जरको औपचारिक कार्यक्रमपश्चात् बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका थिए ।

एकीकृत कारोबारसँगै बैंकका ३०० भन्दा बढी शाखा, २५९ एटीएम, २४४ शाखारहित सेवा, ३३ एक्स्टेन्शन तथा राजस्व काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको