Like us!
Follow us!
Connect us!
Watch us!

डेपुटी गभर्नर दोषी छानबिन समितिको निष्कर्ष, सरकारले बर्खास्त गर्नसक्ने संभावना

अर्थ संसार

बुधबार, २५ मंसिर २०७६, १० : ४६ मा प्रकाशित

डेपुटी गभर्नर दोषी छानबिन समितिको निष्कर्ष, सरकारले बर्खास्त गर्नसक्ने संभावना

अर्थ संसार, काठमाडौं–  छानबिन समितिले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई दोषी ठहर गरेको छ । श्रेष्ठमाथि लगाइएका आरोप छानबिन गर्न गठन गरिएको नेपाल राष्ट्र बैंकको अध्ययन समितिले निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको सत्य भएको बताएको हो । समितिले १ महिना लगाएर तयार पारेको प्रतिवेदन मंगलबार साँझ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई बुझाएको छ ।
 
केन्द्रीय बैंकले सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुबोधकुमार कर्ण सदस्य रहेको अध्ययन समिति गठन गरेको थियो । सोही समितिले गभर्नर नेपाल समक्ष प्रतिवेदन बुझाएको हो । अध्ययन समितिले लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको तथा रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको निष्कर्ष निकालेको छ ।

यसैगरी, ग्रान्ड बैंक (मर्जर भएर हाल प्रभु बैंक) को कर्जामा भएको घोटाला लुकाउन, तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको कर्जा घोटालाका दोषी बचाउन सहयोग गरेको तथा विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम लिएको आरोप सत्य रहेको निष्कर्श निकालेको छानबिन समितिको निष्कर्ष निकालेको छ ।

श्रेष्ठलाई सरकारले स्पष्टीकरणका लागि १५ दिनको समय दिने छ । त्यो जवाफ चित्त नबुझे उनलाई बर्खास्त गरिनेछ । उनलाई चित्त नबुझेमा अदालत जान पाउने अधिकार पनि रहनेछ ।

प्रतिवेदन प्राप्त भएपछि राष्ट्र बैंकको संचालक समितिको बैठक बसेर प्रतिवेदन मन्त्रिपरिषदमा पठाउने निर्णय पनि गरेको छ । प्रतिवेदनका आधारमा सरकारले श्रेष्ठलाई निलम्बन गर्नसक्ने संभावना बढेर गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको