Like us!
Follow us!
Connect us!
Watch us!
विराटनगरमा एक अर्ब लगानीमा सपिङ कम्प्लेक्स बन्दै

विराटनगरमा एक अर्ब लगानीमा सपिङ कम्प्लेक्स बन्दै

विहीबार, ०६ असोज २०७३, १७ : ३७ मा प्रकाशित

मोरङ । विराटनगरमा एक अर्ब रुपैयाँको महल (सपिङ कम्प्लेक्स) बन्ने भएको छ । पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गर्दै एक अर्ब रुपैयाँको ११ तले महल (सपिङ कम्प्लेक्स) निर्माण हुने भएको हो ।

उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण सुरु गरेको हुन् । सो महल नेपालकै ठूलो महलका रुपमा स्थापित हुने र भारतीय सीमाक्षेत्र जोगवनीले जस्तै यो महलको निर्माणले नेपाली ग्राहकलाई आकर्षित गर्ने दुगडको भनाई रहेको छ । दुगङका अनुसार एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइनेछ ।

जमिन मुनि २ सय ५० भन्दा बढी सवारी साधन एकैपटक राख्न सक्ने गरी निर्माण भइरहेको सो महलभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याइने उद्योगी दुगडको भनाइ छ । पाँचतारे होटल, स्विमिङ पुल, सभा समारोह गर्ने थिएटर, हलसमेत रहने महल व्यवस्थापनले जनाएको छ । एक बिघाहा छ कट्ठा जमिनमा निर्माण हुदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको