Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले ऋणपत्र निश्कासन गर्ने, व्याजदर कति ?

अर्थ संसार

बुधबार, २५ मंसिर २०७६, १८ : ४३ मा प्रकाशित

एनसीसी बैंकले ऋणपत्र निश्कासन गर्ने, व्याजदर कति ?

अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” निश्कासन गर्ने भएको छ ।

बैंकले “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” ३ अर्ब बराबरको डिबेन्चर १०.५०% व्याज सहित दश वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड, नक्साल काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

कूल ३०,००,००० कित्ता डिबेन्चरमध्ये १८,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १२,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ ।

उक्त कार्यको लागि २०७६ साल मंसिर २५ गते नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., बागबजार, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको