Like us!
Follow us!
Connect us!
Watch us!

'सरकारसँग रोइकराई गरेर भएपनि मार्केट मेकर स्थापना गर्नुपर्छ' - गुरु प्रसाद न्यौपाने (भिडियो)

मिलन खड्का

शुक्रबार, २७ मंसिर २०७६, ०४ : ०६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–नेपालको निजी जलविद्युत क्षेत्रको प्रवद्र्धक गुरु प्रसाद न्यौपानेले अहिलेको जलविद्युत देखेर दुःख व्यक्त गरेका छन्।  

अपि पावर कम्पनीको दोस्रो परियोजना आठ मेगावाट क्षमताको अपर नौगाढ जलविद्युत परियोजनाबाट ब्यवसायीक विद्युत उत्पादन गरेको उपलक्ष्यमा गरिएको कार्यक्रममा बोल्दै न्यौपानेले आफू  नीजि क्षेत्रको हाइड्रोपावर शुरुवात गर्ने व्यक्ति भएकोले आहिलेको अवस्थामा नै रहयो भने गरेहामीले शुरुवात गरेको विजनेश आफ्नै हातबाट मृत्यु हुनमात्रै बाँकी छ भन्दै सबै सरोकारवालहरु सबै मिलेर यस क्षेत्रलार्ई बचाउन आवश्यक रहेको बताए।  

आफ्नो कम्पनीको शेयरको भाउ बुक भ्यालु भन्दा पनि कम भएको र आफूले किनबेच गर्न पनि नसक्ने भएकाले एउटा रमिते हुन परेको बताए । न्यौपानेले अहिलेको अवस्थामा अहिले बजार तल किन गइराखेको छ ,खस्किनुको कारण खोजिनुपर्ने उनको भनाई छ। 
बैंकको उच्च ब्याज, बढिरहेको महंगीका कारण पहिले जस्तो अब जलविद्युत कम्पनीहरुले मात्रै लगानीकर्तालाई प्रतिफल दिने नसक्ने हुदा  निजी जलविद्युत क्षेत्रको प्रवद्र्धकहरुले हाइड्रो पावर संगै  अन्य क्रियकलापहरु जस्तै बाख्रापालन, पर्यटन, फलफूलखेति पनि गर्नु पर्ने विचार ब्यक्त गरे। 

कार्यक्रममा न्यौपानेले अहिलेको शेयर बजारको बिग्रेको अवस्थालाई  स्थायित्व बनाउन मार्केट मेकरको आवश्यकता रहेको र तेस्को लागि सरकारसँग रोइकराई गरेर भएपनि मार्केट मेकर स्थापना गर्नुपर्ने उनको भनाई छ। 

हेर्नुहोस न्यौपानेको भनाई 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको