Like us!
Follow us!
Connect us!
Watch us!

रेलको ठक्करले मारिएका हात्तीको शवलाई फूलमालाले सिङ्गाँरेर श्रद्धाञ्जलि दिइयो

मिलन खड्का

विहीबार, २६ मंसिर २०७६, १२ : ४४ मा प्रकाशित

रेलको ठक्करले मारिएका हात्तीको शवलाई फूलमालाले सिङ्गाँरेर श्रद्धाञ्जलि दिइयो

अर्थ संसार,कोलकत्ता-   रेलले ठक्कर दिएर भारतमा बुधबार दुई हात्ती मरेका छन् ।  

दाहसंस्कार गर्नुअघि ती हात्तीको शवलाई फूलमालाले सिङ्गाँरेर राखिएको र श्रद्धाञ्जलि दिइएको थियो ।

रेलले ठक्कर दिएर मात्रै पछिल्लो पाँच वर्षमा कम्तीमा २६ हात्ती मरेका छन् भने अरू कैयौँ घाइते भएका छन् । 

ठक्कर लागेर मृत्यु भएका दुईमध्ये एउटा हात्ती गर्भवतीसमेत रहेको वन्यजन्तु अधिकारीहरूले बताएका छन् ।  

स्थानीय समयानुसार ४ः३० मा घटना भएको हो । उत्तरी सीमा क्षेत्रको रेलमार्गमा बाटो पार गर्न लाग्दा रेलले ती हात्तीहरूलाई ठक्कर दिएको रेल सेवाका प्रवक्ता सुभानान चन्दले जानकारी दिनुभयो ।

रेलमार्गमा टाढासम्म देखिने गरी भिजिबिलिटी नरहेकाले नदेखिएर रेलले हात्तीलाई ठक्कर दिएको उहाँले बताउनुभयो । 

विगतमा पनि यस्ता घटना भएको र हात्तीलाई ठक्कर दिएर मर्नेक्रम चलिरहेकाले रातको समयमा रेल नचलाउन पटकपटक रेल सञ्चालकहरूलाई आग्रह गरिएको वन्यजन्तु अधिकृतहरूले बताएका छन् ।

रेलको ठक्कर खाएर हात्ती मरेपछि दर्जनौँ स्थानीय बासिन्दा घटनास्थलमा भेला भएका थिए । उनीहरूमध्ये केहीले हात्तीका लागि प्रार्थनासमेत गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको