Like us!
Follow us!
Connect us!
Watch us!

हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

अर्थ संसार

विहीबार, २६ मंसिर २०७६, १४ : ३९ मा प्रकाशित

हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

सिमकोट । हुम्लाको उत्तरी नाम्खामा टिपर दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा ५ ख ५३८४ नम्बरको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको हो । टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताउनुभयो ।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको