Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको मेलम्ची शाखा उद्घाटन

अर्थ संसार

शुक्रबार, २७ मंसिर २०७६, ०८ : ३४ मा प्रकाशित

कुमारी बैंकको मेलम्ची शाखा उद्घाटन

अर्थ संसार, काठमाडौं– कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक स्थित आफ्नो मेलम्ची शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका संचालक  कृष्ण प्रसाद ज्ञवालीज्यू तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालज्यूद्वारा उक्त शाखा संयुक्त रुपमा उद्घाटन भएको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको