Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

निशा हुमाँगाई

शुक्रबार, २७ मंसिर २०७६, १० : ५५ मा प्रकाशित

बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

अर्थ संसार, काठमाडौं –  आज (शुक्रबार) मलेसियन रिंगिट, कोरियन वन, कुवेती दिनार  र ओमानी रियालको भाउ बढेको छ । अरु विदेशी मुद्रा भने स्थिर रहेकाे छ । 

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६४ पैसा नै थियो । 

 साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा नै रहेकाे थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा  नै थियो । 

ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ५३ पैसा रहेको छ । हिजो खरिददर २९२ रुपैयाँ ९९ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा रहेको थियो। 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा रहेको थियो । 

आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३२ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर २९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४० पैसा रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको