Like us!
Follow us!
Connect us!
Watch us!

सागका पदक विजेता खेलाडीलाई आज नगर परिक्रमा गराइँदै

निशा हुमाँगाई

शुक्रबार, २७ मंसिर २०७६, ११ : १५ मा प्रकाशित

सागका पदक विजेता खेलाडीलाई आज नगर परिक्रमा गराइँदै

हौसला वृद्धि गरिदिन सबैमा आग्रह 

अर्थ संसार, काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र  प्रशिक्षकहरूलाई आज नगर परिक्रमा गरिने भएको छ। पदक विजेता नेपाली खेलाडीलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।

आज  बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगर परिक्रमा सुरू गरिनेछ। रंगशाला, न्युरोड, शहिदगेट, थापाथली, सातदोबाटो, कोटेश्वर सूर्यविनायक कोटेश्वर, बानेश्वर, माइतीघर शहिदगेट हुँदै फेरि रंगशालामा आएर नगर परिक्रमा सकिनेछ।

खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन राखेपले सबैमा आग्रह गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको