Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरिमा हिउँ पर्‍यो

निशा हुमाँगाई

शुक्रबार, २७ मंसिर २०७६, १२ : ०० मा प्रकाशित

चन्द्रागिरिमा हिउँ पर्‍यो

अर्थ संसार,काठमाडौं - काठमाडौंको चन्द्रागिरिमा आज बिहान हिउँ परेको छ। हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो।

‘अहिले हल्काफुल्का हिउँ परिरहेको छ ', चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भन्नुभयाे 'साँझसम्म धेरै नै पर्ला जस्तो छ ’ ।

आज बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा आजसाँझ पानी पर्न सक्ने जनाएको छ।

‘एकदम हल्का वर्षा त भइसक्यो, आज साँझ ६-७ बजेतिर काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने देखिएको छ,’ महाशाखाकी मौसमविद् विभुति पोखरेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ।

‘यसपालिको पश्चिमी वायुको प्रणाली बलियो छ। तर शनिबार साँझदेखि यसको प्रभाव हट्दै जान्छ। शनिबार बिहान पनि आजजस्तो धुम्म बादल लाग्दैन,’ पोखरेलले भन्नुभयाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको