Like us!
Follow us!
Connect us!
Watch us!

बनभोज हिँडेको मदन भण्डारी कलेजको बस दुर्घटना , २२ जना घाइते

निशा हुमाँगाई

शुक्रबार, २७ मंसिर २०७६, १२ : १८ मा प्रकाशित

बनभोज हिँडेको मदन भण्डारी कलेजको बस दुर्घटना , २२ जना घाइते

अर्थ संसार,भक्तपुर - काठमाडौंकाे मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज हिँडेको बस दुर्घटना भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बस दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाकाे अवस्था गम्भिर रहेकाे छ भने अन्य २० जनाको अवस्था सामान्य छ । घाइते २० जनाकाे डाक्टर  इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान कलेजबाट पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले जानकारी दिनुभयाे । 

प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको