Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरीका २२ नक्कली परीक्षार्थी पक्राउ

सराेज खनाल

शनिबार, २८ मंसिर २०७६, २१ : ०६ मा प्रकाशित

नेपाल प्रहरीका २२  नक्कली परीक्षार्थी पक्राउ

वीरेन्द्रनगरमा लोक सेवा आयोगद्वारा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको रहस्य बाहिर आएको छ। 

प्रवेशपत्र जाँचका क्रममा छुट्टा छुट्टै परीक्षा केन्द्र बाट आज फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई गरी २२ नक्कली परीक्षार्थी पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । “केहीले आफन्तलाई सहयोग र केहीले पैसा लिएर परीक्षामा सहभागी भएको पाइएको छ, यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्दैछौँ,” प्रहरी उपरीक्षक पन्तले भन्नुभयो । जवान पदको लिखित परीक्षामा तीन हजार ३०० परीक्षार्थी सहभागी थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको