Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा र निर्धन उत्थानकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १२ : ३० मा प्रकाशित

कामना सेवा र  निर्धन उत्थानकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – आज (मंसिर २९ गते आइतबार) कामना सेवा विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । दुबै कम्पनीहरुले साधारण सभा तथा लभांश वितरण प्रयोजनको लागि भाेली (मंसिर ३० गते सोमबार) बुकक्लोज गर्नेभएका छन् ।

आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले दुबै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा भाग लिन पाउनेछन् ।

कामना सेवाले पुस १७ गते १३ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सो सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु हुनेछ ।

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्वीजीशनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

निर्धन उत्थानले लाभांश पारित गर्न पुस १३ गते एक्काइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सो सभा सेलिब्रेसन ब्याङ्क्वेट पार्टी प्यालेस, नक्सालमा बिहान साढे १० बजे सुरु हुने भएकाे छ ।

सभामा गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर, बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिका सदस्यहरुको मनोनयन अथवा नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको