Like us!
Follow us!
Connect us!
Watch us!

२० करोड रुपैयाँकाे वैदेशिक रोजगार बचतपत्र निष्कासन हुँदै

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १३ : १४ मा प्रकाशित

२० करोड रुपैयाँकाे वैदेशिक रोजगार बचतपत्र निष्कासन हुँदै

अर्थ संसार, काठमाडौं – नेपाल सरकारले २० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न लागेको छ । याे बचतपत्र वैदेशिक रोजगारीमा संलग्न नेपाली तथा गैरआवासीय नेपालीले खरिद गर्न सक्नेछन् । 

इच्छुकले बचतपत्र खरिदका लागि आवेदन दिन केन्द्रीय बैंकले अनुराेध गरेकाे छ । बचतपत्र पुस १ गतेदेखि २१ गतेसम्म बिक्री खुल्ला हुनेछ ।

वैदेशिक रोजगार बचतपत्र २०८१ (५ वर्ष) अवधिको लागि जारी गर्न लागिएको हो । यसको सावाँ भुक्तानी मिति २०८१ पुस २७ गते रहेको छ । यसमा १०% ब्याजदर तोकिएको केन्द्रीय बैंकले जनाएको छ । तोकिएको  ब्याजदर ६–६ महिनामा भुक्तानी हुनेछ ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिनेछ । 

5df5e7858dc4a.com

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको