Like us!
Follow us!
Connect us!
Watch us!

चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको निधन

मिलन खड्का

सोमबार, ३० मंसिर २०७६, ०८ : ४९ मा प्रकाशित

चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको निधन

अर्थ संसार,काठमाडौं –चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब १० : ३० बजे ५४ वर्षको उमेरमा उनकाे निधन भएकाे हाे।

स्वास्थ्यमा समस्या देखिएपछि भट्टराईलाई काठमाडाैंको चाबहिलस्थित ओम अस्पताल  पुर्‍याउदा उनकाे निधन भइसकेको अस्पताल स्राेतले जनाएकाे छ।

उनकाे मृत्युकाे कारण भने अस्पतालले खुलेको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युकाे कारण थाहा हुने बताइएको छ।

भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’लगायतका चलचित्रहरु निर्माण गरेका थिए।

करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको