Like us!
Follow us!
Connect us!
Watch us!

यसरी जोगाउनुहोस जाडोमा ओठलाई

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, ११ : २८ मा प्रकाशित

यसरी जोगाउनुहोस जाडोमा ओठलाई

अर्थ संसार, काठमाडौं – गत सातादेखि काठमाडौंमा अत्याधिक मात्रामा चिसाे बढेकाे छ । चिसाे बढेसँगै पछिल्ला दिनमा मानिसहरूको स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थालेकाे छ । तिमध्ये एउटा हाे ओठ फुट्नु । आज हामीले जाडोमा ओठलाई फुट्नबाट कसरी जाेगाउने भन्ने बारेमा केही समाधानका विषयहरू लिएर आएका छाैँ ।

लिपबाम दल्नुस्
समय–समयमा ओठमा लिपबाम दल्ने गरेमा यस समस्याबाट छुटकारा पाउन सकिन्छ । भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ उत्तम मानिन्छ।

स्क्रब गर्नुस्
फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ । यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ । चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने गर्‍यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ । यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ । यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न भने बिर्सनु हुँदैन ।

नकोट्याउनुस्
ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन । यसाे गरेमा घाउ लाग्न सक्छ ।

बाममाथि लिपस्टिक लगाउनुस्
जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ । यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ ।

ओठ नचाट्नुस्
जाडोमा ओठ सुक्खा हुने भएकाले ओठ फुट्ने गर्छ । ओठको सुक्खापन हटाउन ओठमा जिब्रो घुमाउने धेरैको बानी हुन्छ। यस्तो गर्नु हुँदैन। यस्तो गर्नाले ओठ अझ बढी सुखा हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको