Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् अमलाका खानुका अद्भुत फाइदाहरु

सराेज खनाल

सोमबार, ३० मंसिर २०७६, १३ : १५ मा प्रकाशित

यस्ता छन् अमलाका खानुका अद्भुत फाइदाहरु

अर्थसंसार-  के तपाईलाईथाहा छ ? अमलामा भरपुर भिटामिन सी  पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ ।

 भनिन्छ  एउटा अमलामा ३ वटा सुन्तलामा भन्दा  धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाले युवाहरुमा जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन् । अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् ।

अमला अनुहार र कपालको लागि पनि फाइदाजनक छ। अमलाको दैनिक सेवनले अनुहारको छालामा चमक ल्याई लामो समयसम्म जवान देखिन र कपाल फुल्नबाट जोगाउनुका साथै अमला सेवनले आँखा तेजिलो र पत्थरी हुनबाट जोगाउँछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको