Like us!
Follow us!
Connect us!
Watch us!

पब्जीको ‘विश्वकप’मा नेपाली टिम सातौं

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १६ : ५१ मा प्रकाशित

पब्जीको ‘विश्वकप’मा नेपाली टिम सातौं

अर्थ संसार,काठमाडौं – साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम सातौं भएकाे छ । ३२ राष्ट्रहरुले भाग लिएको  उक्त प्रतियोगितामा नेपाली टिम सातौं भएर १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) जित्न सफल भएकाे छ ।

बनाना कल्चर नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा टिम र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जना खेलाडी थिए ।

पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उक्त टिमले एक लाख डलर प्राप्त गरेकाे छ ।

यसैगरि, दोस्रो स्थानमा आएको थाइल्यान्डको आरआरक्यू एथेनाले ६० हजार डलर पाएको छ भने तेस्रो स्थान हासिल गर्ने अर्जेन्टिनाको टिम केयसोले ४० हजार डलर पाएको छ । चौंथो, पाचौं र छैटौंको पुरस्कार राशी क्रमशः १६ हजार, १४ हजार र १२ हजार डलर रहेकाे थियो ।

सहभागी टिमलाई दुई समूहमा बाँडेर खेलाइएको थियो । ‘टिम ए’ मा मध्यपूर्व र उत्तर अफ्रिकाका टिमहरु थिए भने बाँकी टिमहरु ‘बी’ मा थिए ।

समूह चरणमा नेपाली टिम ५६ अंकसहित दोस्रो भएको थियो । फाइनलमा भने ४७ अंक मात्र ल्याएर सातौं बन्न पुगेकाे हाे ।

पहिलो भएको रसियाको टिम युनिकले १११ अंक ल्याएको थियो ।

पब्जीको पूरा नाम ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ हो । सन् २०१७ मा मात्रै आएको यो गेम ‘ब्यालट रोयल’ बिधामा पर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको