Like us!
Follow us!
Connect us!
Watch us!

'प्रचण्ड' की पत्नी सीता दाहालको उपचार बाबा रामदेवको पतञ्जली योगपीठमा

निशा हुमाँगाई

शुक्रबार, ०४ पुस २०७६, १६ : ११ मा प्रकाशित

'प्रचण्ड' की पत्नी सीता दाहालको उपचार बाबा रामदेवको पतञ्जली योगपीठमा

अर्थ संसार, काठमाडौं -  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको उपचार आयुर्वेदिक पद्धतिबाट सुरु गरिएकाे छ । आयुर्वेदिक पद्धतिबाट उपचार गर्न उनी छोरी गंगा दाहालका साथमा बाबा रामदेवको पतञ्जली योगपीठमा पुगेकी छिन् ।

रामदेवकै प्रत्यक्ष अनुगमनमा सीताको उपचार सुरु भइसकेको गंगा दाहालले बताएकी छिन् । विभिन्न देशमा उपचार गर्दा पनि उनकाे अवस्थामा सुधार नभएपछि आयुर्वेदिक पद्धतिबाट उपचार गर्न लागिएको हो ।

सीता दाहालसँगै पूर्वमन्त्री मातृका यादव पनि पतञ्जली योगपीठ पुगेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको