Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै गणपति माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

शुक्रबार, ०४ पुस २०७६, २१ : ३६ मा प्रकाशित

लाभांश पारितसँगै गणपति माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं-गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । जंगल पार्क रिसोर्ट, शुक्लागण्डकी ३ तनहुँमा  संचालक समितीका अध्यक्ष  युवराज भण्डारीले उद्घाटन गर्नु भएको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु पारीत गरेको छ ।

यस साधारण सभाले संचालक समितीबाट प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर वितरण गर्न स्विकृत प्रदान गरेको छ । बोनश शेयर जारी पश्चात कायम हुन आउने जारी तथा चुक्ता पुँजीको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय पनि पारीत गरेको छ

त्यस्तै रेमिट्यान्स सम्बन्धी कारोबार गर्न वित्तीय संस्थाको प्रबन्धकपत्र तथा नियमावलीमा उदेश्य थप गरी संशोधन गर्ने प्रस्ताव पारीत भएको छ । यस साधारण सभाले सर्वसाधारण शेयर धनीहरुको तर्फबाट २ जना नयाँ संचालकहरुको निर्वाचन पनि सम्पन्न गरेको छ ।

उक्त दुई वटा पदमा जम्मा दुइ जनाको मात्र उमेद्वारी परेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको छ । यसरी निर्वाचित हुने संचालकहरुमा काठमाण्डौ बानेश्वर बस्ने  सजल मास्के र नुवाकोटका  प्रकाश खरेल रहनु भएको छ ।

उहाँहरुलाई संचालक समितीका अध्यक्ष युवराज भण्डारीले निर्वाचित भएको प्रमाणपत्र सहित माला लगाएर स्वागत गर्नुभयो भने पुराना संचालकहरु अर्चना प्रधान र  शिवराज भण्डारीलाई कदर पत्र सहित माला लगाएर बिदाई गर्नुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अच्युत राज सापकोटाले सभामा प्रस्तावहरु प्रस्तुत गरी स्विकृतार्थ अनुरोध गरे बमोजिम सबै प्रस्तावहरु सर्वसहमतीले पारित भएको छ ।

अब संस्थाको नाम गणपति लघुवित्त वित्तीय संस्था लि. रहनेछ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १७ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका १९,३५३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । यो अवधी सम्म जम्मा २७ करोड ५० लाख बचत संकलन गरेको र १ अर्ब ५ करोड कर्जा लगानी गरेको छ । ३ वटा शाखा संचालनको अन्तिम तयारीमा रहेका छन भने थप २ वटा शाखा कार्यालयहरु निकट भविष्यमा संचालनमा आउने छन् ।  

5dfcf121ef6b7.jpg 5dfcf12cf095e.jpg 5dfcf139d71d9.jpg 5dfcf1438363c.jpg 5dfcf15547153.jpg 5dfcf15556252.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको