Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो इपिएल क्रिकेटमा पञ्चकन्या तेज विजयी

बुधबार, १९ असोज २०७३, १० : ५७ मा प्रकाशित

पहिलो इपिएल क्रिकेटमा पञ्चकन्या तेज विजयी


अर्थ संसार
काठमाडौ– पहिलो पटक आयोजना भएको इपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पञ्चकन्या ग्रुपको पञ्चकन्या तेजले प्रतियोगितामा बिजयी भइ प्रथम स्थान हासिल गरेको छ ।

उक्त टिमलाई पञ्चकन्या ग्रुपको तर्फबाट एक समारोह बीच सम्मान गरिएको छ । कार्यव्रmममा पञ्चकन्या समूहका संचालक, कर्मचारी, पञ्चकन्या तेज टिमका खेलाडीलगायतको थियो । दुई वर्ष पहिले भएको पहिलो एनपिएल क्रिकेटमा समेत सोही टिम प्रथम भएको थियो ।
 उक्त कार्यक्रममा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, कार्यकारी निर्देशक द्वय उज्ज्वलकुमार श्रेष्ठ तथा उदीप श्रेष्ठ र निर्देशक आशिक श्रेष्ठले क्रिकेट टिमका प्रशिक्षक कलाम अली, टिम क्याप्टेन शरद भेषवाकर र खेलाडीहरुलाई सम्मान गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको