Like us!
Follow us!
Connect us!
Watch us!

चितवनको घटना अन्याय मात्र होइन, पासविक व्यबहार हो ।

सोमबार, ०७ पुस २०७६, ०५ : ३९ मा प्रकाशित

चितवनको घटना अन्याय मात्र होइन, पासविक व्यबहार हो ।

निश्चय नै मान्छे एउटा ब्यक्ति पनि हो र सामाजिक प्राणी पनि । मान्छेहरूको समूह समाज हो भने समाजको एउटा अंश व्यक्ति । तसर्थ मान्छेको भूमिका ब्यक्ति र समाजको रूपमा दोहोरो हुन्छ । व्यक्ति हुनाको नाताले उसको नितान्त निजी जीवन हुन्छ र हुनुपर्छ । त्यस्तै सामाजिक प्राणी हुनाको नाताले उसको जीवन सामूहिक पनि हुनु पर्छ । बिडम्बना, आज समाजमा यसको सन्तुलन विग्रदै गइरहेको छ । जसको नकारात्मक प्रभाव मान्छेको मानवीय मूल्य, नैतिकता र सामाजिक संरचनामा समेत परिरहेको छ ।

मान्छेमा नैतिकता स्खलित भइरहेको छ । मानवता मरिरहेको छ । आशा निराशामा रूपान्तर भइरहेको छ । हामी नागरिक तमासे बनिरहेका छौं । अझ यसो भनौं- हामी सबै आ-आफ्नो स्वार्थमा ब्यस्त छौं । आ-आफ्नै खुसीमा मस्त छौं । आजकल आफूजस्तै अरू मान्छेको दुःखले हाम्रो मुटु दुख्दैन । पीडा र वेदनाले हाम्रो मन रूँदैन । मानौं हामी मान्छे होइनौं, चौरास्ताको शालिक हौं ।

यसै हप्ता सामाजिक सञ्जालमा भाइरल बनेर फैलिरहेको चितवन भण्डरा घटनाको रविका आमा बाबाले आँखाबाट साउन उराल्दै दिएको बयानले के तपाईंको छाती चिरिएन ? आँखामा सागर र मुटुभित्र सुनामी उर्लिएन ? मलाई त सहन निक्कै गारो भयो । पटक-पटक भक्कानिएँ । साँच्चै विछिप्त नै भएँ म त ।

राजीखुशीमा विहे गरेर उच्च शिक्षाको शिलशिलामा आफ्नो घर बन्धकि राखि रवि रुवाली र घर परिवारले पटक पटक गरि पचाश लाख खर्च गरेर बुहारिलाई अष्ट्रेलिया पढ्न पठाएँ । तिन बर्ष पछि नेपाल फर्केकि रन्जना घर जानुको सट्टा माइति गइन र श्रिमानलाई उपेछ्या गर्न लागिन ।

प्राण भन्दा प्यारो मान्छेले यति सम्म गरेपछि कुन मानिसको मन दुख्दैन होला र ? सासु ससुराबाट पनि सहारा नपाएपछि रविले विक्षिप्त भएर आत्महत्या गरेँ ।

भएको सम्पति बन्धकि राखेर बुढेशकालको खुशिको निम्ति अष्ट्रेलिया पठाएको बुहारी आउँदा आफ्नो नाँसो नै नरहेपछि बा-आमा रूँदारूँदा सुकेर सिठ्ठो भएको छन्। छोराको न्याय र आत्माको शान्तिको निम्ति भडि्करहेका छन् । सबैलाई थाहा छ- मृत्यु शास्वत सत्य हो । र यो पनि सबैलाई थाहा छ कि, मृत्यु स्वीकार गर्न साह्रै कठीन हुन्छ । अझ आमाबाबुको निम्ति सन्तानको मृत्यु कति भयानक र असैह्य हुन्छ ?

हाम्रो समाज पुरूषप्रधान छ । त्यसैले पुरूषको तुलनामा महिलामाथि बढी नै अन्याय, अत्याचार हुन्छ । समाजको धर्म, संस्कृति, सबै पनि पुरूष अनुकूल छ । तर, यसको अर्थ, पुरूषमाथि अन्याय नै भएको छैन भन्नेचाहिँ होइन रहेछ । महिलाहरूबाट पुरूष पनि प्रताडित रहेछन् । उनीहरूको पक्षमा हामी सचेत नारीहरूले बोल्नैपर्छ ।

महिलाका लागि महिलाले मात्र र पुरूषका लागि पुरूषले मात्र बोलेर, लडेर हुँदैन । पुरूष-महिला हातेमालो गर्दै अघि बढ्न सकेमात्रै समाजले गति लिन्छ, देशको मुहार बदलिन्छ । हिंसा, आखिर हिंसा नै हो । चाहे महिलाबिरूद्ध गरिने हिंसा होस् वा पुरूषबिरूद्ध । हिंसाले ब्यक्ति, घरपरिवार, समाज र देशलाई नै बिगार्छ । शान्ति, सिर्जना सबैको ढोका बन्द गरिदिन्छ। तर, स्मरणीय कुरा के छ भने अन्याय, अत्याचारको बिरूद्ध गरिने प्रतिवाद हिंसा नभएर उसको अधिकार हो । मेरो प्रष्ट बुझाइ छ- अन्याय, अत्याचार हिंसा हो भने त्यसको प्रतिवाद गर्नु अधिकार ।

अपराधीको संरक्षण गर्ने पनि अपराधी नै हो । तसर्थ, उनीहरूलाई पनि कानुनको दायरामा ल्याई कार्बाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछु । जस्तोसुकै दवाब, जोसुकैबाट आए पनि अपराधीले उन्मुक्ति नपाओस् । अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्बाही होस् । म सरकारलाई खबरदारी गर्न चाहान्छु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको