Like us!
Follow us!
Connect us!
Watch us!

पीन नम्बर काेरिएर हैरान हुनुहुन्छ ? टेलिकमले ल्यायाे यस्ताे सेवा

निशा हुमाँगाई

सोमबार, ०७ पुस २०७६, १४ : २४ मा प्रकाशित

पीन नम्बर काेरिएर हैरान  हुनुहुन्छ ? टेलिकमले ल्यायाे यस्ताे सेवा

अर्थ संसार,काठमाडाैं - नेपाल टेलिकमले नयाँ सेवा सञ्चालनमा ल्याएकाे छ । अब रिचार्ज कार्डमा भएकाे पीन नम्बर काेरिए पनि रिचार्ज गर्न सकिने भएकाे छ । नेपाल दुर सञ्चार कम्पनी लिमिटेडकाे रिचार्ज कार्डमा भएकाे नम्बर मेटिएर कम्तीमा ६ वटा नम्बर मात्र बुझिने भएपनि अब रिचार्ज हुनेछ । अब कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सकिन्छ । 

ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराएमा रिचार्ज हुने भएको हो । कार्डको पिन नम्बर प्रष्ट नभए वा कोरिएकाे खण्डमा उक्त प्रकृयाबाट रिचार्ज गर्न सकिन्छ ।

यसका लागि टेलिकमको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ । रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिनु पर्नेछ ।

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिने टेलिकमले बताएकाे छ । 

5e0081af43f01.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको