Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तकाे लाभांश घाेषणा, कति दिने भाे ?

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, ११ : १४ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तकाे लाभांश घाेषणा, कति दिने भाे ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार  जनउत्थान  सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश घोषणा गरेकाे हाे ।

संस्थाकाे पुस ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

हाल ६ करोड ३३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित २५ प्रतिशत बोनस पश्चात ९ करोड ५० लाख ४० हजार चुक्ता पूँजी कायम हुनेछ ।

 

5e04469cc4f71.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको