Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीको जन्मघरलाई संग्रहालय बनाइने

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, ११ : ४९ मा प्रकाशित

प्रधानमन्त्री ओलीको जन्मघरलाई संग्रहालय बनाइने

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा रहेको उहाँको घरलाई संग्रहालय बनाइने अवधरणा अघि सारिएको छ । त्यसको तयारीस्वरुप अहिले सो घरको नजिकै हेलिप्याडसमेत बनाइको छ ।

प्रधानमन्त्री ओली निकटका एक स्थानीय नेता भीम घिमिरेले प्रधानमन्त्री जन्मिनुभएको गाउँको घर पुरानै अवस्थामा ऐतिहासिक रुपमा उभिएकाले सो घरलाई संग्रहालय बनाइने बताएका छन् ।

प्रधानमन्त्री ओलीको आगामी फागुन ११ गते जन्मदिन परेको हुनाले उहाँले आफ्नै जन्मस्थानमा जन्मोत्सव मनाउने ईच्छा व्यक्त गरेको समेत नेता घिमिरेले बताए ।

हेलिप्याडले संग्रहालयको पूर्वाधारका साथै प्रधानमन्त्री ओलीलाई त्यहाँ पुर्याउन समेत सजिलाे हुनेभएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको