अर्थ संसार,काठमाडाैं - सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरुलाई विगत पाँच वर्ष पुरानो लाभांश लिन आह्वान गरेकाे छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७१/७२ यताको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई लाभांश संकलन गर्न बाेलाएकाे हाे ।
शेयरधनीहरुले शेयर रजिष्ट्रार अर्थात बैंकको सहायक कम्पनी सि. आई बि एल एस क्यापिटल मार्फत एक महिनाभित्र लाभांश लिन सक्नेछन् । एक महिनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
तसर्थ, बैंकले शेयरधनीलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस