Like us!
Follow us!
Connect us!
Watch us!

८ अर्ब चुक्ता पुँजी पर्याउने निजी क्षेत्रको पहिलो बाणिज्य बैंक ‘नेपाल इन्भेष्टमेन्ट बैंक’

सोमबार, १६ फागुन २०७३, १४ : ४१ मा प्रकाशित

८ अर्ब चुक्ता पुँजी पर्याउने निजी क्षेत्रको पहिलो बाणिज्य बैंक ‘नेपाल इन्भेष्टमेन्ट बैंक’

अर्थ संसार 
काठमाडौं– स्न १९८६ मा स्थापना भएको नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगावै ८ अर्बको चुक्ता पुँजी पुर्याउने निजी क्षेत्रको पहिलो बाणिज्य बैंक बन्न सफल भएको छ । 

बैंकले तीन दशकको सेवा अवधिमा व्यावसायिक उत्कृष्टा र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा कायम राख्न सफल भएको जनाएको छ । हाल ४७ शाख, २ एक्स्टेन्सन काउन्टर, ४८ वटा एटिएम मेसिन र ४२ वटा शाखारहित सञ्जालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा दिइदै आएको बैंकले जनाएको छ ।

गत आव ०७२/७४ मा ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको बैंकको खुद नाफा २ अर्ब ५५ करोड रुपैयाँ हो । 

चालू आवको दोस्रो त्रेमासिकसम्म बैंकले १ अर्ब ५८ करोड खुद नाफा गनए सफल भएका छ । बैंकको दोस्रो त्रैमासिक अवधिसम्म चुक्ता पुँजी ८ अर्ब ७१ करोड रुपैयाँ छ भने सेयरधनी कोष १८ अर्ब रुपैयाँ भन्दा बढी भई निजी बैंकमध्ये सर्वाधिक पुँजी भएको संस्था बनेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको