Like us!
Follow us!
Connect us!
Watch us!

माघ २ गतेदेखि छोरी बीमा सप्ताह

शुक्रबार, ११ पुस २०७६, १५ : ४३ मा प्रकाशित

माघ २ गतेदेखि छोरी बीमा सप्ताह

माघ २ गते देखि प्रदेश नं. २ सरकारले छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ । ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन उक्त कार्यक्रम संञ्चालनमा ल्याएकाे हाे।
    
विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरेको थिथो । तर कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगी बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको छ ।    

‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका संयोजक प्रियङ्का यादवले आगामी मघ २ गतेदेखी प्रदेशको आठ वटै जिल्लामा शिविर सञ्चालन गरिने बताउनुभयो । उक्त शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने जनाइएको छ ।

माघ २ गतेदेखि शुरु हुने छोरी बीमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुनेछन् । यस अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरुको बीमा शतप्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको