Like us!
Follow us!
Connect us!
Watch us!

‘भिजिट नेपाल २०२०’ काे गीत सार्वजनिक

निशा हुमाँगाई

आइतबार, १३ पुस २०७६, १२ : २५ मा प्रकाशित

‘भिजिट नेपाल २०२०’ काे गीत सार्वजनिक

अर्थ संसार, काठमाडौं  – ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ लाई सफल पार्न टेवा पुर्याउने उद्देश्यले उक्त  गीत तयार पारिएको हो । 

साे गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत् रूपमा चर्चा गरिएको छ । गीतमा नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपालीजनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ । 

सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट

उक्त गीतको भिडियोमा पनि निर्माण पक्षले उतिक्कै मिहिनेत गरेको देखिन्छ । भिडियोमा पनि सशक्त रूपमा नेपालको पर्यटकीय क्षेत्रलाई देखाइएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खानाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरूपको भिडियो समेत तयार पारिएको छ । 

यो गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालबारे बुझ्न र चिनाउन सहजता हुने गीतकार एंव उरारा शलिन कार्कीले जानकारी दिएका छन् । साे गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिने समेत उनले बताए ।

गीतकार उरारा सलिन कार्किको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन् । गीतमा गायक आनन्द कार्किको मीठो आवाज सुन्न सकिनेछ । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन् । 

गीतको भिडियोमा उदय बिक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ । 

भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा, तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकिय क्षेत्रमा छायाँकन गरिएको छ ।

भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको