Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको शेयरधनीलाई अर्को वर्ष लाभांश, नवौं बार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

मंगलबार, १५ पुस २०७६, १६ : ०२ मा प्रकाशित

अरुण काबेलीको शेयरधनीलाई  अर्को वर्ष लाभांश, नवौं बार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– अरुण काबेली पावर लिमिटेडको ९ औं वार्षिक साधारणसभा मंगलबार इन्द्रेणी फूड ल्याण्ड,  नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी श्री जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक  नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसै गरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि–१ जलविद्युत आयोजना २५ मेगावाट सम्पन्न भई २०७६  असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको व्यहोरा साधारणसभामा अवगत गराएको थियो ।  

कम्पनीले आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने  संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।  

त्यसै गरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविश्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने साधारणसभामा जानकारी दिए ।   

साधारणसभाको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको