Like us!
Follow us!
Connect us!
Watch us!

प्रेस स्वतन्त्रता कसैले पनि हनन् गर्न सक्दैनन् : परराष्ट्रमन्त्री ज्ञवाली

निशा हुमाँगाई

विहीबार, १७ पुस २०७६, ११ : ५८ मा प्रकाशित

प्रेस स्वतन्त्रता कसैले पनि हनन् गर्न सक्दैनन्  : परराष्ट्रमन्त्री ज्ञवाली

अर्थ संसार, काठमाडौं – हिजाे (बुधबार) सम्पन्न भएकाे क्लासिक एफ.एम. १०१.२ मेगाहर्जको २४ औं वार्षिकोत्सव समारोहको उद्घाटन गदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कसैले पनि हनन् गर्न नसक्ने बताउनु भयो । उहाँले मुलुकको राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनुभएको छ ।

'मेरो सुन जस्तो कम्पनीको शेयर अहिले पित्तलको भाउमा छ, शेयर होल्ड गर्नुहोस् अन्यथा प्रतिफल अर्काले खाइदेला' (भिडियोसहित) 

उक्त समाराेहमा  मन्त्री ज्ञवालीले अहिलेको लोकतन्त्र आउनुमा सञ्चार क्षेत्रले गरेको कार्यको प्रशंसा समेत गर्नुभएकाे थियाे । उहाँले समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अगाडी सार्नुपर्ने सुझाव दिनुभएकाे छ । 

त्यसैगरी, क्लासिक एफएमका निर्देशक तथा राजनीतिक विश्लेशक प्रकाश पोख्रेलले मिडिया विधेयक मार्फत सरकारले संविधानको मर्म विपरित जनताको मौलिक हक कुण्ठित पार्ने खालको प्रयत्न गरिरहेको आरोप लगाउनु भएकाे छ ।

यसका साथै, संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेलमा बस्नुपर्ने, १५ लाख रूपैयाँ जरिवाना तिनुपर्ने जस्ता प्रावधान लोकतन्त्रको भावना र मर्म विपरित कार्य गर्न सरकार उद्धत रहेको भन्ने आरोप लगाउनु भएकाे छ । त्यस्तै,   मन्त्री ज्ञवालीले आम नागरिकको फोन ट्रयाकीङ् गर्ने प्रशंगमा नागरिककै सुरक्षाको लागि यो निति ल्याउन लागेको प्रष्ट्याउनु भयो । सञ्चार निति समग्र पत्रकारिता क्षेत्रको हितको लागि नै भएको मन्त्री ज्ञवालीको भनाइ छ । 

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ को बारेमा सत्तारूढ नेकपाका नेताहरू नै विभाजित भएको बताउनु भएको छ । पूर्वमन्त्री गिरीले सरकारले अहिले ल्याउन लागेको सूचना तथा सञ्चार प्रविधि नीतिमा पनि नेकपाका नेताहरूमा नै दुई मत रहेकोले आम सञ्चार माध्यमको पक्षमा नरहेको जिकिर गर्नु भयो ।

२०५२ सालमा हिजाेकै दिनदेखि रेडियो नेपालको १०० मेगाहर्जबाट प्रसारण आरम्भ गरेको क्लासिक एफएम नेपालको पहिलो व्यवसायिक एफएम रेडियो स्टेशन हो । यस एफएमका संस्थापक स्वर्गीय राकेश लामिछानेको स्मृतिमा स्थापित ‘राकेश लामिछाने स्मृति बरिष्ठ सञ्चारकर्मी सम्मान’ बाट यस वर्ष बरिष्ठ पत्रकार तथा नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्मालाई सम्मानित गरिएको छ । यो सम्मानबाट यसअघि २०७५ सालमा बरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार किरण खरेल र २०७४ सालमा बरिष्ठ सञ्चारकर्मी ध्रुव थापा र गौरी केसी सम्मानित भइसकेका छन् ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा नेकपा नेता विद्या भट्टराईको समेत उपस्थिती रहेको थियो । एफएमका संस्थापक निर्देशक मुकुन्द खड्काले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता एफएमकी अध्यक्ष मञ्जु कार्की लामिछानेले गर्नुभएको थियो ।

5e0d97bf17a4e.jpg 5e0d97c70b4c3.jpg 5e0d97cedd9e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको